अपहरणमा परेका विश्वकर्माको उद्धार, ४ जना पक्राउ

हेटौडा न्युज
१० आश्विन २०७८, आईतवार १८:२१
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अपहरणमा परेका एक जनाको सकुशल उद्धार गरेको छ ।

अपहरणमा परेका हेटौडा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने ४० वर्षीय जितेन्द्र बिश्वकर्मालाई प्रहरीले सकुशल उद्धार गरेको हो । विश्वकर्माको अपहरणमा सङ्लग्न हेटौडा उपमहानगरपालिका वडा नम्बर १० बस्ने वर्ष ३९ को बिनोद लाल श्रेष्ठ, ३० वर्षीय अनिल लामा, वडा नम्बर ५ बस्ने ३२ वर्षीय बुद्ध लामा र वडा नम्बर २ बस्ने २७ वर्षीय आदेश लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

आईतवार बिहान हेटौडा उपमहानगरपालिका वडा नम्बर १० स्थित जे.एस. सुनचाँदी पसलका सञ्चालक बिश्वकर्मालाई बा २० च ८९६० नम्बरको सेतो कारमा आएका ४÷५ जना अपरिचित ब्यक्तिहरुले अपहरण गरेको सुचना प्राप्त भएपछि प्रहरीले विश्वकर्माको खोजीकार्य शुरु गरेको थियो । प्रहरीले अपहरणकारी र कारलाई खोजतलास गर्ने क्रममा आईतवार दिउँसो हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित मकवानपुर रिकभरिङ्ग समुहको कार्यालय अगाडी विश्वकर्माको अपहरणमा प्रयोग गरिएको बा २० च ८९६० नम्बरको सेतो कार फेला पारेको थियो ।

कार चालक लगायत अपहरण गर्ने ब्यक्तिहरुको पहिचान गरी खोजतलास गर्ने क्रममा उक्त अपहरण गर्ने कार्यमा सङ्लग्न ४ जना सहित अपहरित जितेन्द्र बिश्वकर्मालाई मकवानपुर रिकभरिङ्ग समुहको हाताभित्र फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विश्वकर्माको अपहरणमा सङ्लग्न उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुृरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*