हेटौंडामा सार्वजनिक सुनुवाई

हेटौडा न्युज
११ आश्विन २०७८, सोमबार ११:०२
;

मकवानपुर । हेटौंडाको पशुपतिनगरमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ ।

आईतबार सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगर एवम् ईलाका प्रहरी कार्यालय पशुपतिनगरद्धारा संयुक्त रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले शान्तिपूर्ण एवम् सुरक्षित समाज निर्माणमा सबैको साथ सहयोग र योगदान आवश्यक हुने बताए ।

प्रमुख खुलालले सबैको सहयोगमा शान्ति सुरक्षा कायम गर्न तथा सुव्यवस्थित समाज निर्माण गर्न सकिने बताए । कार्यक्रममा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक सौरभ छिरिङ तामाङले इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट भएका गतिविधिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सामुदायिक सेवा केन्द्र, मकवानपुरका अध्यक्ष राम बिष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, वडा नम्बर ८ का अध्यक्ष गोपाल बहादुर श्रेष्ठ, वडा नम्बर १२ का वडाअध्यक्ष ललित घलान लगायत स्थानीय राजनैतिक दलका प्रतिनिधि, टोलविकास संस्थाका अध्यक्ष एवम् प्रतिनिधि, सामाजिक अभियन्ताहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु, संचारकर्मी लगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*