देशभर पछिल्लो २४ घण्टामा १ हजार २ सय ८२ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
११ आश्विन २०७८, सोमबार १६:४३
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा १ हजार २ सय ८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९ सय ७५ जना र ३ हजार ४ सय ७ एन्टिजेन परीक्षण गर्दा ३ सय ७ गरी १ हजार २ सय ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएकोे छ ।

पछिल्लो २४ घण्टामा १ हजार २ सय ६२ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*