सवारीसाधन र सार्वजनिक स्थानहरुमा पाकेटमार्ने २ सय ७ जना पक्राउ
मकवानपुर । सवारीसाधनमा पाकेटमार्ने र चोरी गर्ने २ सय ७ जनालाई काठमाडौं प्रहरी परिसरले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
काठमाडौको रिङरोड वाहिर र भित्री ईलाकामा चल्ने सार्बजनिक यातायातहरु सपिङ्ग महल , मुख्य मुख्य मार्केटहरुमा पाकेटमार्ने २ सय ७ जनालाई पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरले गत भदौ २५ गते देखि असोज १५ गते सम्म यातायात व्यवसायीहरुसँग सहकार्य गरी सादा पोसाकका प्रहरी कर्मचारीहरुलाई सार्वजानिक सवारी साधन र वजारहरुमा परिचालन गरी पाकेटमाराहरुलाई पकाउ गरेको परिसरका एसएसपी अशोक सिंहले बताए ।
बस तथा माईक्रोबसमा यात्रा गर्ने यात्रुहरु तथा किनमेल गर्न गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोवाईल, गरगहना चोर्दा चोर्दे रङ्गे हात तथा पटके पाकेटमारहरु २ सय ७ जना पक्राउ गरि अनुसन्धान भईरहेको उनले बताए । उनका अनुसार सार्वजानिक बसहरुमा विभिन्न बस पकेटहरुबाट २र२ जनाको दरले ६ जना सम्मको समुह वनाई वस भित्र छिर्ने र पैसा भएको यात्रु पत्ता लगाई अगाडी पछाडीबाट घेरावन्दीमा पारि ठेलमठेल को अवस्था वनाई मौका छोपि मोवाईल, नगद र सुनचाँदी पकेटमारी गरि पालो पालो गरि ओर्लने गरेको पाइएको छ । उनीहरुले पकेटमारी गर्दा एक अर्कामा सांकेतिक भाषा प्रयोग गर्ने पाइएको उनले बताए ।










