देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ३० जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१८ आश्विन २०७८, सोमबार १७:३७
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ९३ पीसीआर परीक्षण गर्दा ८ सय १२ जना र ४ हजार ९ सय ८१ एन्टिजेन परीक्षण गर्दा २ सय १८ गरी १ हजार ३० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*