आज ६६ औं प्रहरी दिवसः बागमती प्रदेशका दुई प्रहरी उत्कृष्ट

मकवानपुरमा कार्यरत सई गिरी अपराध अनुसन्धानमा नेपालकै अब्बल
हेटौडा न्युज
२० आश्विन २०७८, बुधबार १४:४६
;

मकवानपुर । नेपाल प्रहरीको ६६ औं प्रहरी दिवस आज हेटौंडामा विविध कार्यक्रम गरी सम्पन्न गरिएको छ । कार्यक्रममा प्रहरी प्रधान कार्यालयको सिफारिसमा बागमती प्रदेशमा कार्यररत प्रहरीहरु मध्ये उत्कृष्ट कार्य गर्ने दुई प्रहरीलाई सम्मान गरिएको थियो । सम्मान पाउनेहरुमा अपराध अनुसन्धान तर्फ प्रहरी नायब निरीक्षक बिमल गिरी र प्रहरी हवल्दार निलिमा खनाललाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट कार्य सम्पादन गरे बापत जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यररत प्रहरी नायब निरीक्षक रुपक मैनालीलाई पनि बागमती प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको छ ।

प्रहरी दिवसको अवसरमा कर्तव्यपालनाको सिलसिलामा ज्यान गुमाएका प्रहरी परिवारलाई सम्मान गरिएको थियो ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य प्रमुख अतिथिका रुपमा उपस्थिति भएकी थिईन् ।कार्यक्रममा मुख्यमन्त्री शाक्यले बदलिदो राजनैतिक परिस्थिति र समाजलाई केन्द्रमा राखी प्रहरीको आचरण, सोचाईमा समेत परिवर्तन हुनुपर्ने धारणा व्यक्त गरेकी थिईन् ।
प्रहरी दिवसको अवसरमा प्रहरीको कार्यलाई सहयोग पुर्याउने, खेलकुद प्रतियोगिताका विजयी प्रतियोगिहरुलाई पनि सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका माननीय आन्तरिक मामिला तथा कानूनमन्त्री डा. अजय क्रान्ति शाक्य, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेल, प्रहरी नायब महानिरीक्षक प्रकाशजङ्ग कार्की लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका केही तस्वीरहरुः

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*