दशैंका लागी शुक्रबार विहान ५ सय ३१ खसिबोका काठमाडौं भित्रियो

हेटौडा न्युज
२२ आश्विन २०७८, शुक्रबार १२:०६
;

मकवानपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५ सय ३१ खसीबोका काठमाडौं भित्राएको छ ।

हिजो तीन वटा ट्रकमा काठमाडौंका लागि दाङ र हेटौंडाबाट हिँडाइएको खसीबोका बिहान ३ बजे आइपुगेको कम्पनीका नायव प्रबन्ध निर्देशक श्रीमणिराज खनालले जानकारी दिए ।दाङबाट २ सय २९ र हेटौंडाबाट ३ सय २ वटा खसीबोका काठमाडौं आइपुगेको उनले बताए ।

कम्पनीले आज बैठक बसेर जिउँदो खसीबोकाको मूल्य तय गरेर शनिबारदेखि बिक्री थालिने उनले बताए । बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सहुलियतमा कम्पनीले खसीबोका बिक्री गर्ने छ । बजारमा जिउँदो खसी बोकाको मूल्य ५ सय ५० देखि ७ सय ५० रुपैयाँसम्म छ ।

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसीबोका र च्यांग्रा बिक्री गर्दै आएको छ । तर, यस वर्ष भने खसीबोका मात्रै बिक्री गर्ने कम्पनीले जनाएको छ । महँगो भएकाले यस वर्ष च्यांग्रा बिक्री नगर्ने कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*