शुक्रवार मकवानपुरमा ९ जनाले जिते कोरोना

हेटौडा न्युज
२२ आश्विन २०७८, शुक्रबार १४:२५
;

मकवानपुर । शुक्रवार मकवानपुरमा ९ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना पुष्टि भएकोमा ९ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार २ सय ८० जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ९ सय ६५ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा १ सय ५० जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६५ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*