आजबाट काठमाडौंमा दशैं लक्षित खसी–बोका बिक्री सुरु
मकवानपुर । आजदेखि चाडपर्व लक्षित सहुलियत मूल्यमा खसी–बोका बिक्री गर्न सुरु भएको छ ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि थापाथलीस्थित कार्यालयबाट खसी–बोका बिक्री सुरु गरेको हो । कम्पनीले यो वर्ष खसी–बोकाको मूल्य प्रतिकिलो ६ सय ५० निर्धारण गरेको छ ।
प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ । जसअनुसार खरिदकर्तालाई प्रतिकिलो ६ सय ४० पर्ने कम्पनीले जनाएको छ । यो मूल्य गत वर्षको भन्दा ९० रुपैयाँ बढी हो । गत वर्ष कम्पनीले प्रतिकिलो ५ सय ५० मा खसी–बोका बिक्री गरेको थियो ।











