देशभर पछिल्लो २४ घण्टामा ७ सय ८५ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२५ आश्विन २०७८, सोमबार १७:२२
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा ७ सय ८५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३३ पीसीआर परीक्षण गर्दा ६ सय ६३ जना र ४ हजार ९ सय ६२ एन्टिजेन परीक्षण गर्दा १ सय २२ गरी ७ सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ८ सय ८८ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*