बागमती प्रदेश प्रमुख शर्माद्वारा दशैं,तिहार र छठ पर्वको शुभकामना

हेटौडा न्युज
२६ आश्विन २०७८, मंगलवार ०८:५८
;

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले बडादशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज मंगलबार एक शुभकामना सन्देश जारी गर्दे प्रदेश प्रमुख शर्माले नेपालीहरुको महान पर्व बडादशैं, तिहार, नेपाल सम्वत् छठ लगायत चाडपर्वका अवसरमा बागमती प्रदेशवासी तथा सम्पूर्ण नेपालीहरुमा सुख, समृद्दि , शान्ति, सुस्वास्थ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन् ।

शर्माले अहिलेको समय कोरोनाबाट सचेत हुँदै चाडपर्व मनाउँनुपर्ने भएकाले यसमा यसमा ध्यान दिनुपर्ने जोड दिएका छन् । उनले आफन्त र मान्य जनहरुबीचको भेटघाट, शुभकामना आदान–प्रदान एवं सद्भाव व्यक्त गरिरहँदा कोभिड १९ बाट जोगिन आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*