मुगु बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

हेटौडा न्युज
२६ आश्विन २०७८, मंगलवार १७:१८
;

मकवानपुर । मुगुमा बस दुर्घटना मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ ।

२४ जनाको घटनास्थलमै र ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पु¥याउने क्रम्मा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटनामा परेको थियो ।

घाइते भएका १४ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । ३९ जना यात्रु रहेको बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो । उद्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रहरीले जनाएको छ । नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारमा खटिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*