भीमफेदी कारागारका कैदी बन्दीलाई राक्सिराङ गाउँपालिकाको सहयोग

हेटौडा न्युज
२७ आश्विन २०७८, बुधबार ११:१८
;

मकवानपुर । राक्सिराङ गाउँपालिकाले भीमफेदी स्थित कारागारमा कैदी जीवन बिताईरहेकाहरुलाई मंगलवार दशैको अवसर पारेर खसी, चिउरा चामल वितरण गरिएको छ ।

जिल्लाको राक्सिराङ गाउँपालिकाका मात्रै ४१ जनाले लागूऔषध उत्पादन तथा ओसार प्रसारमा कैदी जीवन विताईरहेका छन् । सो पालिकाका ठूलो संख्याका व्यक्तिहरु कारागारमा रहेकाले पालिकाले आफ्नै खर्चमा दशैंमा खाद्यान्न लगायतका सामग्री वितरण गर्दै आएको छ । कारागारमा रहेकाहरुलाई मंगलवार
प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले व्यक्तिगत ६० हजार रुपैया समेत प्रदान गरेका थिए ।

जीउने आधार र विकल्प नभएर गाँजा खेती गर्नु बाध्यता रहेकाहरु नै जेल चलान भएको राक्सिराङ गाउँपालिकाका अध्यक्षको भनाई रहेको छ । पालिकाको अभिभावक भएकाले उनीहरुको परिवारलाई समेत दशैमा केही राहत दिएको उनले बताएका छन् ।

भीमफेदी कारागारमा लागूऔषध मुद्दामा जिल्लाको हेटौंडा उपमहानगरका ४४, राक्सिराङका ४१, कैलाशका १४, बकैयाका ३, भीमफेदीका ३, मनहरीका १६ र थाहानगरपालिकाका २ जनाले जेल जीवन बिताईरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*