नवरात्रिको अन्तिम दिन सिद्धिदात्री देवीको पूजा

हेटौडा न्युज
२८ आश्विन २०७८, बिहीबार ११:५३
;

मकवानपुर । नवरात्रिको अन्तिम दिन आज महानवमी पर्व, सिद्धिदात्री देवीको विधिपूर्वक पूजा गरी मनाइँदै छ ।

दशैं घर, कोत र शक्तिपीठहरुमा बलिसहित देवीको पूजा गर्ने चलन छ । काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका परिसरमा पनि बोका र राँगाको बलि दिएर पूजा गरिएको छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेंडा र राँगाको पञ्चबलि दिने चलन पनि छ ।

दशैंघर, कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठहरुमा बलि दिइनुका साथै दुर्गा सप्तशती (चण्डी), श्रीमददेवीभागवत एवं देवी स्तोत्र पाठ पनि गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मुला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् ।

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*