धनुषामा एक जनाको शव फेला

हेटौडा न्युज
३१ आश्विन २०७८, आईतवार १२:५६
;

मकवानपुर । घाँटी काटेर हत्या गरेको अवस्थामा धनुषामा एक व्यक्तिको शव भेटिएको छ ।

नगराइन नगरपालिका वडा नम्बर ५ गाँगुलीमा आइतबार बिहान अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन । उनको शनिबार राति हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*