आइतवार मकवानपुरमा ५ जनाले जिते कोरोना
मकवानपुर । आइतवार मकवानपुरमा ५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा एक जनामा कोरोना पुष्टि भएकोमा ५ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १५ हजार २ सय ९६ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार २९ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा १ सय २ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६५ जनाको मृत्यु भएको छ ।










