देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ९१ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
३१ आश्विन २०७८, आईतवार १७:१०
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ९ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ८५ जना र १ हजार १ सय ११ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी ३ सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ सय ८० जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*