देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ९१ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१ कार्तिक २०७८, सोमबार १७:५१
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी ९ हजार ६ सय ९७ जनाको परीक्षण गर्दा ५ सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ सय ३७ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*