जङ्गली हात्तीको आक्रमणबाट श्रीमान्-श्रीमतीको मृत्यु

हेटौडा न्युज
३ कार्तिक २०७८, बुधबार ०८:२७
;

मकवानपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर –१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ ।

मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुराको आज बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

नजिकैको सामुदायिक वनबाट नौ÷दशवटा सङ्ख्यामा रहेको जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो–हल्ला गरेका थिए । सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*