बुधवार मकवानपुरमा १२ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
३ कार्तिक २०७८, बुधबार १५:२३
;

मकवानपुर । बुधवार मकवानपुरमा १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३६ जनाको पीसीआर र ३ सय २५ जनाको एन्टिजेन गरी जम्मा ३ सय ६१ जनाको कोरोना परिक्षण गर्दा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार ३ सय ३५ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार ४६ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा १ सय ६४ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६५ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*