बुधवार मकवानपुरमा ३ जनाले जिते कोरोना

हेटौडा न्युज
३ कार्तिक २०७८, बुधबार १५:२८
;

मकवानपुर । बुधवार मकवानपुरमा ३ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना पुष्टि भएकोमा ३ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार ३ सय ३५ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार ४६ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा १ सय ६४ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६५ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*