देशभर पछिल्लो २४ घण्टामा ६ सय ६२ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
३ कार्तिक २०७८, बुधबार १७:५६
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा ६ सय ६२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार २२ पीसीआर परीक्षणमा ५ सय ३५ जना र १ हजार ४ सय ४ एन्टिजेन परीक्षणमा १ सय २७ जना गरी ६ सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ७ सय ५८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*