देशभर पछिल्लो २४ घण्टामा ७ सय ८ जनामा कोरोना पुष्टि
मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा ७ सय ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ५३ पीसीआर परीक्षण गर्दा ५ सय ७४ जना र २ हजार १ सय २३ एन्टिजेन परीक्षण गर्दा १ सय ३४ गरी ७ सय ८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएकोे छ ।
पछिल्लो २४ घण्टामा ९ सय ३२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।










