प्रदेश २ का दुई जिल्लाका प्रहरी प्रमुखको काज सरुवा

हेटौडा न्युज
७ कार्तिक २०७८, आईतवार ११:१५
;

मकवानपुर । प्रदेश २ का दुई जिल्लाका प्रहरी प्रमुखको काज सरुवा गरिएको गरिएको छ ।

धनुषाका एसपी प्रकाश रानाभाट र सर्लाहीका एसपी सन्तोषसिंह राठौर सरुवा भएका छन् ।प्रदेश २ प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारले प्रहरी प्रधान कार्यालयले एसपीद्वय रानाभाट र राठोरको काज सरुवा गरिएको जानकारी दिए ।

काज सरुवा किन गरिएको विषयमा उनले केहि बोलेका छैन् । एसपी कृष्ण प्रसाईलाई सर्लाही र एसपी बसन्त रजौरेलाई जिप्रका धनुषाको प्रमुख बनाएर पठाइएको छ । प्रसाई यसअघि २ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*