फिदिम दुर्घटना अपडेट: दुई जनाको मृत्यु
मकवानपुर । पाँचथरको फिदिम नगरपालिका–४ मा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।
उपचारका लागि समर्पित अस्पताल पु¥याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरुको सनाखत भने भएको छैन ।
सोमबार फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारीसाधनलाई ओभरटेक गर्नेक्रममा सडकको डिलबाट १० मिटर तल खोंचमा खसेको प्रहरीले जनाएको छ ।










