देशभर पछिल्लो २४ घण्टामा थप ७ सय ७६ जनामा कोरोना पुष्टि
मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप ७ सय ७६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार २ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ७३ जना र २ हजार ५ सय ८० जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३ गरी ७ सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा ५ सय १ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।










