पाँचथर बस दुर्घटनामा घाइते भएकालाई उद्धार गर्न सरकारले हेलिकप्टर पठायो

हेटौडा न्युज
८ कार्तिक २०७८, सोमबार १७:१९
;

मकवानपुर । पाँचथर बस दुर्घटनामा घाइते भएकालाई उद्धार गर्न सरकारले नेपाली सेनाको हेलिकप्टर पठाएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको एमआइ १७ हेलिकप्टर पठाइएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए । पाँचथरको फिदिम नगरपालिका–४ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

दुर्घटनामा बसका चालकसहित ६१ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार बिहान ११ बजे यासोकबाट फिदिमतर्फ आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*