ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर –८ मा ट्याक्टरको ठक्करबाट अटोमा सवार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानिय ४५ वर्षीय पदमबहादुर विक रहेका छन् । मंगलबार बेलुकी फारलाइनबाट मनकामना चोकतर्फ जाँदै गरेको ना ३ त ३६६८ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको ना २ ह ५८६५ नम्बरको अटोलाई ठक्कर दिंदा अटोमा सवार विक गम्भिर घाईते भएका थिए ।
उनको चुरे हिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो सहित चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।










