भिमफेदी देउराली सडक दिउँसो बन्द

हेटौडा न्युज
१२ कार्तिक २०७८, शुक्रबार १५:१९
;

मकवानपुर । हेटौंडा काठमाडौं प्रवेश गर्ने छोटो मार्ग अन्र्तगत भिमफेदी देउराली सडक ३ दिनका लागी दिउँसो बन्द हुने भएको छ ।

सडक स्तरोन्नतिको कार्य भैरहेकाले उक्त सडकखण्ड कात्तिक १३ गतेदेखि १५ गते सम्म विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने बताईएको छ । सो सडकखण्डको जुरीखेतदेखि चिसापानीगढी सम्म ११ ओटा घुम्तीहरुमा सडकस्तरोन्नतिको कार्य भैरहेको निर्माण कम्पनि मोतीदान/रायमाझी जेभीले जनाएको छ ।

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगत यातायात पूर्वाधार निर्देशनालयले सूचना जारी गर्दे ३ दिन दिउँसो सो सडकखण्ड बन्द रहने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*