मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारिहरुलाई स्वागत तथा सम्मान
मकवानपुर । पुरानो नारायणी यातायात कम्पनी प्रालिले मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारिहरुलाई स्वागत तथा सम्मान गरेको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच मकवानपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित समितिलाई स्वागत सम्मान गरेको हो । अध्यक्ष कृष्णकुमार गुप्ता (अग्रवाल) सहित उपाध्यक्षहरु प्रमोदसिं रानाभाट, अनिल अग्रवाल, उज्जवल चौलागाई, राजु अधिकारी सहित सदस्यहरुलाई टोपी लगाई कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठले सम्मान गरेका थिए ।
कार्यक्रममा कम्पनीका महासचिव सरोजकुमार खनाल, कम्पनीका सदस्यहरुको उपस्थिती रहेको थियो ।










