देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ८ जनामा कोरोना पुष्टि
मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार ७ सय ३१ पीसीआर परीक्षणमा ३ सय ७६ जना र २ हजार १ सय ६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४ सय ८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५ सय १८ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।










