सालको चिरान काठसहित हेटौंडाका उमेश लामा पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले सालको चिरान काठसहित हेटौंडाका उमेश लामालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–३ सरस्वती पाखा टोल बस्ने लामाको बन्द रहेको भान्सा कोठा भित्र लुकाएर राखेको अवस्थामा १ सय ५ दशमलव ६६ क्यूफिट सालको चिरान काठ फेला पारेको थियो ।
लामालाई प्रहरीले थप सोधपुछ गरेर जिल्ला वन कार्यालय पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।










