हेटौंडामा गएराती बसले ठक्कर दिँदा दुईजनाको मृत्यु, ८ जना घाईते
मकवानपुर । हेटौंडामा गएराती देउसी भैलो खेल्ल हिडेकालाई नेवारपानी नजिक नजिक बसले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् ।
रौतहटबाट हेटौंडाहुँदै नारायणगढ तर्फ जादै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नंबरको बसले देउसी खेल्न हिडेका पैदल यात्रुलाई ठक्कर दिँदा स्थानीय २० वर्षीय सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । संगम नेपाली, निशा मोक्तान, तुलसा बिष्ट र लक्ष्मी गुरुङ्ग गम्भीर घाईते । ३ जना चितवन रिफर अन्य घाइतेको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भईरहेको छ ।
उनका अनुसार घटना गएराति पौने १० बजेको हो । बसको ठक्करले अन्य ८ जना घाईते भएकोमा ७ जना सामान्य उपचार पछि डिस्चार्ज भएर घर फर्किसकेको र एक जनाको उपचार भईरहेको प्रवक्ता रिमालको भनाई छ ।
यसैबीच,गएरातीनै ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् । आगजनीबाट बस पुर्ण रूपमा जलेर नष्ट भएको छ । यसैबीच गएरातीनै ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् । आगजनीबाट बस पुर्ण रूपमा जलेर नष्ट भएको छ । घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक रौतहट चन्द्रपुर–६ का ३८ वर्षीय अमित कुमार कार्कीलाई नियन्त्रणमा लिईएको प्रवक्ता रिमालले बताए ।