४ लाख ४३ हजार ५ सय ३ रुपैँया नगदसहित १६ जुवाडे पक्राउ

हेटौडा न्युज
२१ कार्तिक २०७८, आईतवार १२:०८
;

मकवानपुर । प्रहरीले ४ लाख ४३ हजार ५ सय ३ रुपैँया नगदसहित १६ जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत थानकोट तथा प्रभाग बलम्बुबाट संयुक्त रुपमा खटेको टोलीले चन्द्रागिरी नगरपालिका वडा नं १४ पुरानो नैकाप स्थित शंकर थापाको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार राति ९ बजे १६ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेका १६ जनालाई सात बुक ताससहित नियन्त्रणमा लिएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*