प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्छन्: ओली

हेटौडा न्युज
२१ कार्तिक २०७८, आईतवार १५:२४
;

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्ने भन्दै सचेत रहन कार्यकर्ता पंक्तिलाई आह्वान गरेका छन् ।

एमाले कर्णाली–काठमाडौं सम्पर्क समितिले तिहारका अवसरमा आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले नभएको भए २०१७ सालको जस्ता घटना केही परमादेशकै क्रममा हुन सक्ने बताए ।

उनले असार २८ का जस्ता प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्ने भन्दै सचेत रहन कार्यकर्ता पंक्तिलाई आह्वान गरे । ओलीले एमाले सरकार छाड्न तयार रहेको तर देशलाई तलमाथि हुन र संविधान तथा लोकतन्त्र कमजोर हुन नदिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*