जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौडा न्युज
२२ कार्तिक २०७८, सोमबार १३:२९
;

मकवानपुर । जीप दुर्घटना हुँदा दाङको बबइमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यानको कालीमाटी गाउँपालिका–३ का अन्दाजी ४० वर्षीय देबबहादुर सुनार रहेको प्रहरीले जनाएको छ । सल्यानको कालीमाटीबाट दाङको बबइ गाउँपालिकातर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको जिप दुर्घटना हहुँदा अन्य १६ यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालका अनुसार घाइते तीन जनाको अवस्था गम्भीर रहेको छ । सामान्य घाइतेलाई उपचारका लागि तुलसीपुर पठाइएको र गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*