मोटरसाइकल दुर्घटनामा हेटौंडाका पुडासैनीको मृत्यु

हेटौडा न्युज
२३ कार्तिक २०७८, मंगलवार ११:१४
;

मकवानपुर । ट्रकको ठक्करबाट हेटौंडामा एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान हेटौँडा–११ नवलपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालकको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालक हेटौँडा–१२ का २० वर्षीय सुशान्त पुडासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

ना ७ ख ८८१ नम्बरको लहरी गाडीले बागमती प्रदेश ३–००४ प ७१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*