नारायणी संघ हेटौंडाद्वारा मुख्यमन्त्री पाण्डेलाई स्वागत तथा सम्मान

हेटौडा न्युज
२३ कार्तिक २०७८, मंगलवार १२:३६
;

मकवानपुर । नारायणी संघ हेटौंडाले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई स्वागत तथा सम्मान गरेको छ ।

आज मंगलवार संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरी नारायणी संघ हेटौंडाले मुख्यमन्त्री पाण्डेलाई स्वागत तथा सम्मान गरेको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले यातायात व्यवसायी र सरकारको सम्बन्ध नङ र मासुको जस्तो रहेको बताए । उनले यातायात व्यवसायीहरुको समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा बागमती प्रदेश नेकपा एकीकृत समाजवादीकी प्रमुख सचेतक मुनुसिग्देल, संघका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव सरोज खनाल लगाएत पदाधिकारीहरु , कर्मचारी तथा यातायात व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*