बीस लाख रकमसहित एक जना पक्राउ

हेटौडा न्युज
२३ कार्तिक २०७८, मंगलवार १२:५२
;

मकवानपुर । बारामा बीस लाख रकमसहित हुण्डी कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकोे छ ।

पक्राउ पर्नेमा बारा बिश्रामपुर गाउँपालिका–५ बकटुवाका ३१ वर्षिय चन्दन कुमार साह रहेका छन् । उनलाई वीरगञ्जको घण्टाघरस्थित सडकबाट प्रहरिले पक्राउ गरेको हो । घण्टाघरबाट आदर्शनगर जादै गरेको ना.४८ प. ७६९१ नम्बरको मोटरसाइकललाई कार्यालयबाट खटिएको टोलीले शंका लागी रोकी जाँच गर्दा बीस लाख रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उभियुक्तलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*