मंगलवार मकवानपुरमा ७ जनाले जिते कोरोना

हेटौडा न्युज
२३ कार्तिक २०७८, मंगलवार १४:१९
;

मकवानपुर । मंगलवार मकवानपुरमा ७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १ जनामा कोरोना पुष्टि भएकोमा ७ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार ४ सय १३ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार १ सय ५४ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा ९४ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६५ जनाको मृत्यु भएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*