सेयर बजार परिसूचक नेप्से ७९ दशमलव ७९ अङ्कले घट्यो

हेटौडा न्युज
२३ कार्तिक २०७८, मंगलवार १५:४०
;

मकवानपुर । सेयर बजार परिसूचक नेप्से ७९ दशमलव ७९ अङ्कले घटेर २ हजार ७ सय ४९ दशमलव ८५ अङ्कको बिन्दुमा पुगेको छ ।

२ सय २५ कम्पनीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता सेयर किनबेच भएको नेप्सेमा ६ अर्ब ५२ करोडको कारोबार भएको छ । यसैगरी सेन्सेटिभ परिसूचक १६ दशमलव २ अङकले घट्दै ५ सय १२ दशमलव ८२ अंकको बिन्दुमा पुगेको छ । १३ वटै समूहगत परिसूचकहरु घटेका छन् । सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको सूचाङ्क करिब ४६५ अङ्कले घटेको छ ।

यसैगरी जीवन बीमा समूहको ३ सय ८० अङ्क, वित्तीय समूहको १ सय ४५ अङ्क , उत्पादन तथा प्रसोधन समूहको १ सय ८७ अङ्क, जलविद्युत समूहको १ सय २ अङ्क, अन्य समूहको ८१ अङ्क र व्यपार समूहको करिब ३६ अङ्कले कारोबारमा गिरावट आएको छ । तेह्रथुम जलविद्युत कम्पनी, साहस ऊर्जा र मानुसी लघुवित्तको सेयर सकारात्मक सर्किट लागेको छ । २९ करोड ८२ लाख बराबरको सेयर कारोबार गरेको नविल बैंक लिमिटेड कारोबार रकमका आधारमा पहिलो स्थानमा रहेको छ । साहस ऊर्जाले करिब २५ करोड ७९ लाख कारोबार गर्दै सबैभन्दा धेरै कारोबार गर्ने दोस्रो कम्पनी बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*