देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ३३ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२३ कार्तिक २०७८, मंगलवार १६:३४
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ३३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ९ सय १८ पीसीआर परीक्षणमा ४ सय ४३ जना र एक हजार ८ सय १८ एन्टिजेन परीक्षणमा ९० जना गरी ५ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४ सय ८४ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*