मकवानपुर जिल्ला फुटबल संघका कार्यसमिति सदस्य टोनीको निधन

हेटौडा न्युज
२५ कार्तिक २०७८, बिहीबार १६:३०
;

मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघका कार्यसमिति सदस्य एवं एफसी पोतला क्लबका उपाध्यक्ष बिमल श्रेष्ठ (टोनी) को निधन भएको छ ।

भारतको सिक्किम भ्रमणमा रहेका श्रेष्ठ गएराति सुतेको ठाउँमा अचेत अवस्थामा भेटिएको र उपचारको लागि अस्पताल पुर्याउँन साथ डाक्टरले मृत घोषणा गरको भ्रमणमा रहेका एक जनाले जानकारी दिए । श्रेष्ठ हेटौंडा–४ स्थित श्रमिक माविका लेखापाल समेत रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*