सरकारले न्यायालयकोे विवादमा हस्तक्षेप गर्न मिल्दैन: प्रधानमन्त्री देउवा

हेटौडा न्युज
२६ कार्तिक २०७८, शुक्रबार १७:२७
;

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमा देखिएको विवाद समाधानमा कार्यपालिकाले हस्तक्षेप गर्न नमिल्ने बताएका छन् ।

शुक्रबार कानुन, न्याय तथा संसदीयमामिला मन्त्री दिलेन्द्रप्रसाद बडुसँग न्यायालयमा देखिएको विवादमा सरकारले हस्तक्षेप नगर्ने बताएका हुन् । प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको विवादलाई सरकारले नजिकबाट हेरिरहेको भएपनि समस्याको निकास भने अदालतबाटै खोजिनुपर्नेमा जोड दिईएको बताईएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै कानुन व्यवसायी आन्दोलनमा छन् । नेपाल बार एशोसिएसनको नेतृत्वमा प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा रोक लगाउन मूलगेटमै धर्ना दिदै आएका छन् भने न्यायाधीशहरु पनि इजलास बहिस्कार गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*