देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ९७ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२६ कार्तिक २०७८, शुक्रबार १७:३५
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार १ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ५५ जना र १ हजार ९ सय ३२ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जना गरी ३ सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ८९ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*