एमाले महाधिवेशनको लागि मकवानपुरबाट १७ जना महाधिवेशन प्रतिनिधि छानिए

हेटौडा न्युज
२६ कार्तिक २०७८, शुक्रबार १७:४६
;

मकवानपुर । नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको लागि मकवानपुरबाट सर्वसम्मत १७ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् ।

९ हजार २ सय ६८ जना संगठीत सदस्य रहेको एमाले मकवानपुरबाट राष्ट्रिय महाधिवेशनको लागि १ जना दलित सहित १७ जना प्रतिनिधि सर्वसम्मत चुनिएका हुन् । आउँदो कार्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनोटमा मकवानपुरमा ७३ जनाको उम्मेद्वारी परेको थियो । तर आजै सर्वसम्मत रुपमा प्रतिनिधि छानिएको क्षेत्र नम्बर एकका निर्वाचन अधिकृत देवराज रिमालले जानकारी दिए । मकवानपुर क्षेत्र नंबर १ बाट कृष्ण दाहाल, रामचन्द्र राई, बद्री लम्साल, कमल विष्ट, वीर बहादुर घिसिङ, फुर्वा दोर्जे लामा, जुनेली श्रेष्ठ र सिता विष्ट सर्वसम्मत प्रतिनिधि छानिएका छन् ।

यस्तै मकवानपुर क्षेत्र नम्बर २ बाट सुवास चन्द्र ठकुरी, एकलाल श्रेष्ठ, लाल बहादुर थापा, हिदम लामा, महेश बर्तोला, बिण्णु प्रसाद ढकाल, वरिना बल र सुमित्रा काफ्ले सर्वसम्मत चयन भएका छन् । यसैगरि दलित कोटाबाट नारयण गजमेर सर्वसम्मत छानिएका छन् । दलित कोटामा तीन जनाको उम्मेद्वारी परेको थियो । १७ जना प्रतिनिधिको लागि क्षेत्र नंबर १ बाट ८ जना प्रतिनिधिको लागि खुल्ला कोटामा ३१ जना पुरुषको र २ जना महिला अनिवार्य कोटामा १० जना महिलाको उम्मेद्वारी परेको थियो भने क्षेत्र नंबर २ मा ८ जना प्रतिनिधि खुल्ला कोटामा २१ जना पुरुष र २ जना महिला कोटामा ८ जना महिलाको उम्मेद्वारी परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*