एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले विद्रोह गर्नु पर्यो: नेता खनाल

हेटौडा न्युज
२७ कार्तिक २०७८, शनिबार १४:२५
;

मकवानपुर । नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले विद्रोह गरेर नयाँ पार्टी खोल्न परेको बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै खनालले एमालेबाट समाजवादी क्रान्ति पूरा हुन नसक्ने ठहर गर्दै नयाँ पार्टी खोल्नु परेको पनि बताए । दुईतिहाई बहुमतलाई केपी शर्मा ओली नेतृत्वको सरकारले सदुपयोग गर्न नसकेको भन्दै उनले ओलीले गुट मात्रै चलाएका कारण अहिलेको परिस्थिति आएको आरोप लगाए ।

पार्टी क्रमिक रुपमा विकास भइरहेको भन्दै उनले मात्रात्मकरुपमा मात्रै भन्दा पनि गुणात्मक रुपमा पनि विकास गर्नुपर्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*