जिप दुर्घटनामा ४ जनाको मृत्यु

हेटौडा न्युज
२९ कार्तिक २०७८, सोमबार ११:३२
;

मकवानपुर । एकादशी मेलाका तीर्थालु सवार जिप दुर्घटना हुँदा ४ जनाको मृत्युभएको छ ।

ओखलढुंगामा एकादशी मेलाका तीर्थालु सवार प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरा जिप दुर्घटनामा परी ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । तीन जनाको घटनास्थलमै र एक जनालाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको काफ्लेले बताए । मृत्युहरूमा ३५ वर्षीया मिठुमाया मगर, वर्ष १६ वर्षीया तुलसा मगर र खगेन्द्र मगर रहेका छन् । एक जनाको सनाखत भइसकेको छैन । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

घाइतेमध्ये गम्भीर रहेका चार जनालाई उपचारका लागि मुस्ताङ एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइसकिएको काफ्लेले बताए । च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको जिप आज बिहान सुनकोशी गाउँपालिका–९ मा दुर्घटना भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*