सोमवार मकवानपुरमा ३ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२९ कार्तिक २०७८, सोमबार १४:४५
;

मकवानपुर । सोमवार मकवानपुरमा ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २७ जनाको पीसीआर र ७ जनाको एन्टिजेन गरी जम्मा ३४ जनाको कोरोना परिक्षण गर्दा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि
भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार ४ सय २६ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार १ सय ७६ जना सङ्क्रमण मुक्त भएका छन् ।अहिले मकवानपुरमा ८५ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६५ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*