माओवादी केन्द्रबाट निर्वाचित दुईजना वडा अध्यक्ष एमालेमा प्रवेश

हेटौडा न्युज
२९ कार्तिक २०७८, सोमबार १७:११
;

मकवानपुर । स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका दुईजना वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज शहीदभूमि गाउँपालिकाको छिन्ताङमा आयोजित एमालेको सभामा धनकुटा नगरपालिका– ९ मा नेकपा माओवादीबाट निर्वाचित वडाध्यक्ष सन्दीप रायमाझी र महालक्ष्मी नगरपालिका–३ मा नेकपा माओवादीबाटै निर्वाचित वडाध्यक्ष भरत थापालगायतका नेता÷कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस, माओवादीलगायतका दलबाट एमाले रोजेका नेता–कार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, शंकर पोखरेल, रामबहादुर थापालगायतका नेताहरूले स्वागत गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*